Kathmandu Press

शुल्क वृद्विको विरोधमा चक्रवर्ती ल कलेजका विद्यार्थीकाे प्रदर्शन

बिहीबार काठमाडौंको माइतीघरमा उनीहरुले विद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिए पनि कुनै सुविधा नपाएको समेत भन्दै विरोध प्रदर्शन गरेका हुन्।
शुल्क वृद्विको विरोधमा चक्रवर्ती ल कलेजका विद्यार्थीकाे प्रदर्शन

काठमाडौं, माघ २६ : काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीहरुले शिक्षण शुल्क वृद्विको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माइतीघरमा उनीहरुले विद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिए पनि कुनै सुविधा नपाएको समेत भन्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले 'विद्यार्थीमाथि दमन गर्न पाइँदैन', 'विद्यार्थीलाई लुट्न पाइँदैन' लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। कलेजले १० लाख ७० हजार शुल्क लिएपछि त्यहि अनुसार सेवा सुविधा दिनुपर्ने वा शुल्क घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको विद्यार्थीहरुको भनाइ छ।

उनीहरुले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृत्ति  दिनुपर्ने भए पनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको र २० जनाको फी कलेजले खाइरहेको आरोप लगाएका छन्।

यसअघि पनि शिक्षण शुल्क वृद्विको विरोधमा उक्त कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका थिए। 

student pardasan 1231675935055.jpg

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, माघ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्