Kathmandu Press

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ

सर्लाही, माघ २५ : उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन। ‘पर्यटन प्रवद्र्धन तथा संस्कृति संवद्र्धन’को मूल नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौँ राजर्षि जनककप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताए।

मन्त्री श्रेष्ठले, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना ठाउँमा भए पनि सबै राजनीतिक पार्टीहरू राष्ट्रिय एकता, शान्ति प्रक्रियाको काम पूरा गर्ने पक्षमा रहेको बताए। वर्तमान सरकार आम नेपाली जनताले महसुस गर्ने गरी सामाजिक न्यायसहितको समृद्धि सिर्जना गर्न चाहेको उल्लेख गर्दै उनले भने, 'नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारीसहितको समृद्धि दिन ढिलो गर्न हुँदैन ।'

उद्घाटन खेल जाउलाखेल युथ क्लबले एपिएफलाई १–० को अन्तरले पराजित गरेको छ । 

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, माघ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्