Kathmandu Press

करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरूद्ध साइबर ब्युरोमा उजुरी

कुनै आधार र प्रमाणबिना युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै खनालले अन्तर्वार्ता दिएको भन्दै मानन्धरले उजुरी दिएकी हुन्।
करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरूद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं, माघ २५ : अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनाल साइबर ब्युरोमा उजुरी हालेकी छन्।

कुनै आधार र प्रमाणबिना युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै खनालले अन्तर्वार्ता दिएको भन्दै मानन्धरले उजुरी दिएकी हुन्।

करिश्माले अन्तर्वार्ता प्रसारण गर्ने युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने बताएकी छन्। आफ्नो उजुरीलाई साइबर ब्युरोका प्रहरीले सकारात्मक रुपमा लिएकोले डिल्लीरामलाई कारबाही हुनेमा आफू आशावादी रहेको करिश्माले बताइन्।

खनालले एउटा अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसित नायिका मानन्धरलाई जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्