Kathmandu Press

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई थ्रीस्टारले हरायो

काठमडौं, पुस २३ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ।

त्रिपुर....

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई थ्रीस्टारले हरायो

काठमडौं, पुस २३ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक–एक गोल गरे।

खेलको १५औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए। उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका हुन्।

त्यसपछि खेलको ४१औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए। उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए।

त्यस्तै खेलको ५८औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे। ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९औँ मिनेटमा एक सानत्वना गोल फर्काए।

जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो। पराजित ब्रिगेड ब्वाइज पाँच खेलमा ६ अङ्कका साथ सातौ स्थानमा छ।

खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६औंँ मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो।

थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए।

प्रकाशित मिति: १४:३४ बजे, बुधबार, पुस २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्