Kathmandu Press

अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख सामन्थाबीच भेट

भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसिसी) को कार्यान्वयनबारे जिज्ञासा राखेको बताइएको छ।
अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख सामन्थाबीच भेट

काठमाडौं, माघ २५ : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख समान्था पावरबीच भेटवार्ता भएको छ। 

समान्था आज (बुधबार) पौडेललाई भेट्न सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेकी थिइन्। भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसिसी) को कार्यान्वयनबारे जिज्ञासा राखेको बताइएको छ।

Hardik ivf

उनले मंगलबार परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन्। दुईदिने नेपाल भ्रमणमा मंगलबार बिहान काठमाडौं आइपुगेकी उले आजै (बुधबार नै) उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ उनी आजै स्वदेश फर्किनेछिन्। स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

उसअघि अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन्।

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्