Kathmandu Press

प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य 

प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं, माघ २५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय तोकिएको छ । 

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। 

प्रकाशित मिति: ११:४० बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्