Kathmandu Press

विश्वासको मत लिंदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्तिले विश्वास नदिने 

मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै एक महिनापछि उनले आज विश्वासको मत लिन लागेका हुन्। संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 
विश्वासको मत लिंदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्तिले विश्वास नदिने 

काठमाडौं, माघ २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बुधबार) विश्वासको मत लिँदैछन् । ​दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन लागेका हुन् । यसअघि ११ बजे बस्ने तय भएको बैठक १ बजे सारिएको हो । 

मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै एक महिनापछि उनले आज विश्वासको मत लिन लागेका हुन्। संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

Hardik ivf

सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने भएसँगै मुख्यमन्त्री रावलको पद संकटमा पर्ने देखिएको छ । 

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।​

नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा गत पुस २७ गते नेकपा एमालेका रावल मुख्यमन्त्री बनेका थिए । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ ।

५३ प्रदेशसभा प्रदेश सभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् ।

प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्