Kathmandu Press

बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

काठमाडाैं, माघ २४ : वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए।  

अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत हुनुहुन्छ । चालिसेले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरे।

विभिन्न विषयमा अनुसन्धान गर्नुभएका चालिसे नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्षका रुपमा भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, माघ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्