Kathmandu Press

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक बस्दै

कास्की, माघ २४ : गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । 

बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए। 

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका थिए। आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ । 

प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ। 

प्रकाशित मिति: १०:०० बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्