‘द क्लिफ’ तीन दिन बन्द रहने

काठमाडौं माघ २३ : साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य पर्वतको ‘द क्लिफ नेपाल’ तीन दिन बन्द हुने भएको छ।
क्लिफले आफ्ना कर्मचारीहरुका लागि तीन दिने रिफ्रेसमेन्ट कार्यक्रम राखेको हुँदा आजदेखि बुधबारसम्म रिसोर्ट र एडभेन्चरका सबै सेवा बन्द गरिएको अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार, बिहीबारदेखि सेवा पुनः सञ्चालनमा आउनेछ । ‘हामीले हाम्रा कर्मचारीहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरेका छौँ । जसकारण कम्पनीले दिने सेवा तीन दिनका लागि बन्द गरेका हौँ,’ कार्कीले भने ।
द क्लिफमा राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । साहसिक पर्यटनका लागि चर्चित बनेको क्लिफमा ७० जनाभन्दा बढी जनशक्ति कार्यरत छन् ।
कम्पनीले कर्मचारीहरूका लागि रिफ्रेशमेन्ट गराउने उद्देश्यले पहिलो पटक तीन दिन सेवा बन्द गरेको हो । ‘कर्मचारीहरूलाई रिफ्रेसमेन्ट तथा बाहिरका यस्तै गतिविधिबारे जानकारी लिने हिसाबले पनि तीन दिन घुम्न निस्कन लागेका हौँ,’ कार्कीले भने ।











