Kathmandu Press

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौं, माघ २३ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेका छ। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने खेलाडीमा फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन् । 

Hardik ivf

एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा पर्ने ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए। 

त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ । वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने जनाईएको छ । 

मनोनयन नहुने विधाहरु लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने मन्चले जनाएको छ ।  

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्