मीनभवन क्याम्पसमा नेविसंघका दुई पक्षबीच झडप
संघका दुई पक्षबीच झडप भएको र परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिन त्यहाँ ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
काठमाडौं, माघ २३ : मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई पक्षबीच झडप भएको छ।
संघका दुई पक्षबीच झडप भएको र परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिन त्यहाँ ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
ढुंगा हानाहान भएपछि तनावपूर्ण स्थिति सिर्जना भएको र स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए।
एक पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेको र अर्को पक्षले अवरोध पुर्याएपछि ढुंगा हानाहानको स्थिति आएको जनाइएको छ।
प्रकाशित मिति: १४:०९ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार