Kathmandu Press

इन्टरपोलको कार्यक्रममा भाग लिन आइजी सिंह युएई प्रस्थान

माघ २४ देखि २६ सम्म सञ्चालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा भाग लिन उनी त्यसतर्फ लागेका हुन्। सिंहसँगै इन्टरपोल शाखाका एसपी अनुपमशमशेर जबरा पनि युएई गएका छन्।
इन्टरपोलको कार्यक्रममा भाग लिन आइजी सिंह युएई प्रस्थान

काठमाडौं, माघ २३ : प्रहरी महानिरीक्षक (आइजी) धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावी प्रस्थान गरेका छन्।

माघ २४ देखि २६ सम्म सञ्चालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा भाग लिन उनी त्यसतर्फ लागेका हुन्। सिंहसँगै इन्टरपोल शाखाका एसपी अनुपमशमशेर जबरा पनि युएई गएका छन्।

Hardik ivf

प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरे।

सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरु, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वयलगायत विषयहरुमा बृहत छलफल हुने कार्यक्रम छ।  

प्रकाशित मिति: १२:५० बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्