प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, माघ २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भएको उक्त सुनको मूल्य आज एक लाख चार हजार छ सय रूपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रूपैयाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन एक लाख तीन हजार छ सय रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय २० रूपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
प्रकाशित मिति: १२:४१ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











