Kathmandu Press

नेपालमा ८ हजार मिटर उचाइका १४ हिमाल, ८ वटालाई मात्र अन्तर्राष्ट्रिय मान्यता 

नेपालमा ८ हजार मिटर उचाइका १४ हिमाल, ८ वटालाई मात्र अन्तर्राष्ट्रिय मान्यता 

काठमाडौं, माघ २२ : वरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाले नेपालमा ८ हजार मिटर उचाइका १४ वटा हिमाल भएपनि ८ वटाले मात्रै अन्तर्राष्ट्रिय मान्यता पाएकोमा दुःख व्यक्त गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले थप ६ हिमाललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिलाउन माग गरेका छन् । उनका अनुसार विश्वका १४ वटा हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएको तर अध्ययन गर्दा नेपालमै ती उचाइका १४ हिमाल रहेको पाइएको बताएका छन। ‘नेपालमै थप ६ वटा हिमालले मान्यता पाए ८ हजार मिटर उचाइका १४ हिमाल नेपालमै हुन्छन्,’ उनले भने, ‘सरकारले पहल गरे नयाँ इतिहास बन्छ ।’ 
सरकारले आठ हजार मिटर भन्दा अग्ला हिमाल ८ वटा भनि प्रसार प्रसार गर्दै आएको छ । जसमा  सगरमाथा (८८४८ मिटर), कञ्चनजंघा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु (८४६३ मिटर), छ्यो यु (८२०१ मिटर), धौलागिरि प्रथम (८१६७ मिटर), मनास्लु (८१५६ मिटर), अन्नपूर्ण प्रथम (८०९१ मिटर) ले अन्तराष्ट्रिय मान्यता पाएका थिए । 

Hardik ivf

यी बाहेक आठ हजारभन्दा अग्ला हिमालमा सोलुखुम्बुको कञ्चनजंघा नर्थ (८५०५ मिटर), कञ्चनजंघा साउथ (८४७६ मिटर), कन्चनजंगा मिडिल (८४७३ मिटर, कंचनजंघा बेस्ट (८०७७ मिटर) ल्होत्से मिडिल (८४१३ मिटर) ल्होत्से (८४०० मिटर)  हुन् । ‘अध्ययन भइसकेको छ, सरकारले प्रमाणित गरे मान्यता पाउन गाह्रो छैन, तरपनि सरकारले चासो दिदैन्,’ उनले भने । 

अहिले १४ वटामात्र ८ हजारमाथिको हिमाल छन् भनेर भनिदै आइएको छ । नेपालको ८ र अन्य देशको ६ वटा हुन् । जसमा नेपालबाहिरका हिमालमा पाकिस्तानको केटु (८६११ मिटर), नांगा पर्वत ( ८१२५ मिटर), गसेरब्रुम प्रथम (८०६८ मिटर), ब्रोड पिक (८०४७ मिटर), गसेरब्रुम दोस्रो (८०३५ मिटर) र चीनको सिसापाङमा (८०१३ मिटर) छन् । 

नेपालमा आरोहणका लागि खुला गरिसकेका १४ अग्ला हिमालमध्ये यालुङ काङ बेस्ट (८०७७ मिटर) बाहेक सबैमा आरोहण भइसकेको शेर्पाले बताए । शेर्पाले नेपालमा भएका हिमालहरुको संरक्षण र संवद्र्धनमा पनि सरकार संवेदनशील नभएको बताए । जलवायु परिवर्तन र परिवर्तित जैविक विविधताका कारण हिमालको सौन्दर्य घट्दै गएको बताउँदै शेर्पाले यसबारेमा सरकार गम्भीर हुनुपर्ने बताए । 

त्यस्तै सगरमाथा लगायत चर्चित हिमालमा फोहोर व्यवस्थापनको विषय पनि चुनौतीपूर्ण बन्दै गएको शेर्पाले बताए । आरोहीहरुले थुपरेको फोहोरको कारण हिमालमा दुर्गन्ध फैलिएको र यसले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको बताउँदै यसको समाधान गरिनुपर्ने पनि बताए । 

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले सगरमाथाको इतिहासको बारेमा बताएका थिए। उनले वातावरण प्रदुषण, जलवायु परिवर्तनको बढ्दो समस्या, छिमेकी मुलुक भारत र चीनमा बढ्दो उद्योगधन्दाका कारण नेपालको हिमालमा नकारात्मक प्रभाव परेको बताए । यही क्रम चले आगामी सय वर्षपछि हिमाल हिमालको रुपमा नरहने बताए । त्यसकारण यसको संरक्षण र संवद्र्धनमा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उनको धारणा छ । 

प्रकाशित मिति: १९:३९ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्