Kathmandu Press

वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी ९पासपोर्ट० बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

पर्सा, जेठ २ : वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ।

झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी ९पासपोर्ट० बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

Hardik ivf

वीरगन्ज महानगरपालिका वडा नं. ३ मा झुटा विवरण पेस गरी अर्काकी छोरीलाई नागरिकता तथा पासपोर्ट बनाएको उजुरीका आधारमा नगर प्रमुख सिंहलगायत व्यक्तिविरुद्ध पर्सा जिल्ला अदालतको मुद्दा नं. ८२–सी–१–१०८३ मा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकले जानकारी दिए।

मुद्दामा महानगरपालिकाका नगर प्रमुख सिंह, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराई, रुविना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जी करण अधिकारी भिखारी रायलाई दोषी ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार सजायको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको उनले बताए।

वीरगन्ज महानगरपालिका वडा नं. ३ निवासी नगर प्रमुख सिंहले रिता भट्टराईलाई श्रीमती भएको झुटा विवरण पेस गरी २०७१ साल माघ २० गते रुविनाको जन्म दर्ता गराएको आरोप छ। सोही जन्म दर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता तथा त्यसको १२ दिनपछि राहदानी समेत बनाइएको आरोप लगाइएको छ ।

प्रकाशित मिति: १०:५७ बजे, शनिबार, जेठ २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्