Kathmandu Press

संघीयता कार्यान्वयनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख शेरचन 

संघीयता कार्यान्वयनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख शेरचन 

काठमाडौं, माघ २२ : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिए।  

Hardik ivf

स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र गाउँपालिकाका अवस्था र समस्या फरक–फरक रहेको औल्याउँदै उनले भने, ‘आर्थिक र सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल हुन जरुरी छ।’ 

सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले  यसका लागि आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताए।
 

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्