प्रदेश १ को बैठक भोलि

विराटनगर, माघ २२ : प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ ।
गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिए।
प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था भएअनुरुप सो सम्बोधन हुने सचिव पराजुलीको भनाइ छ।
प्रकाशित मिति: १३:११ बजे, आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










