Kathmandu Press

कञ्चनपुरका बङ्गुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमण

वेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिए।
कञ्चनपुरका बङ्गुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमण

कञ्चनपुरका, माघ २२ : कञ्चनपुरका बङ्गुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमण देखिएको छ। 

बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिए। उनले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताए। 

'यहाँको बेदकोट नगरपालिकाका पाँच बङ्गुरमा परीक्षण गर्दा पाँचवटैमा सङ्क्रमण देखिएको हो', उनले भने, 'कृष्णपुरमा पनि सङ्क्रमण देखिएको छ, परीक्षणका लागि नमुना काठमाडौँ पठाएका छाैं।' उनले कञ्चनपुरमा पहिलोपटक यो महामारी देखिएको बताए। 

Hardik ivf

'बङ्गुर, सुँगुर र बँदेलमा भाइरसबाट लाग्ने अफ्रिकन स्वाइन फिभर महामारी रोग हो, यसको उपचार हुँदैन', डा ठगुन्नाले भने, 'कञ्चनपुरमा कम छ कैलालीमा धेरै नोक्सानी भएको छ।' कञ्चनपुरमा बेदकोट नगरपालिका–४ को एक बङ्गुर फार्ममा पहिलो पटक सङ्क्रमण पुष्टि भएको थियो। 'एक किसानले मरेको बङ्गुरको पोष्टमार्टम गर्न ल्याउनुभयो। हामीले शङ्का लागेर र्‍यापिट टेष्ट गर्‍यौँ', उनले भने, 'यहाँ पोजेटिभ आएपछि पिसिआरका लागि काठमाडौँ पठायाँै त्यहाँ पनि पोजेटिभ आयो।'

कृष्णपुर नगरपालिकामा पनि बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको नगरपालिकाका पशु विकास अधिकृत गोपालसिंह बोहराले जानकारी दिए। उनले यहाँका केही फार्ममा बङ्गुर मरे पनि ठूलो क्षति नभएको बताए। 'अहिले सङ्क्रमण देखिएका क्षेत्रमा भ्याक्सिन लगाइराखेका छौँ', उनले भने, 'थप परीक्षणका लागि धनगढीको ल्याबको टोलीले नमुना सङ्कलन गरिरहेको छ।'

कञ्चनपुरका विभिन्न स्थानका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरे पनि सङ्क्रमण हुँदा किसानले पशु शाखा र भेटेरीनरी अस्पतालमा खबर नगरको पशु चिकित्सक बताउँछन्। अफ्रिकन स्वाइन फिभर लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखापर्ने पशु चिकित्सक बताउँछन्।

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्