Kathmandu Press

संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति : गभर्नर अधिकारी

संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति : गभर्नर अधिकारी

काठमाडौं, माघ २२ : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । 

राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । ‘समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उनको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ।’

Hardik ivf

केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिकारुपमा संयुक्त राष्ट्र सङ्घमा काम गरेको स्मरण गरे। 

देशको सार्वभौमसम्बन्धी महत्वपूर्ण मुद्धा सम्वोधनका लागि बैंक स्थापना गरी नेपाली एकल मुद्राको सञ्चालन गर्ने अभियानकैरुपमा संस्थापक राणाले ठूलो योगदान गरेका थिए । 

भारतीय मुद्रासँग नेपाली मुद्राको उनको प्रयासमा भएको निर्धारण भएको सटही दर अहिले पनि कायम छ । गभर्नर अधिकारीले भने, ‘त्यस बेला नेपालमा भारतीय मुद्राको व्यापकरुपमा चलन चल्तीमा थियो, भारती मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चूनौति थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ।’

राष्ट्र बैंकका संस्थापक राणाको आज विहान उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई निमोनियम सङ्क्रमण भएको थियो। 

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्