Kathmandu Press

‘बाआमाको भत्ता उहाँहरुकै हातमा’

'बाआमाको भत्ता बाआमाकै हातमा' नारा अघि सारेको सो वडाले वडाले ३० असक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराउँदै आएको छ।
‘बाआमाको भत्ता उहाँहरुकै हातमा’

मोरङ, माघ २१ : मोरङको पथरी शनिश्चरे नगरपालिका–४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्‍याउने गरेको छ।

'बाआमाको भत्ता बाआमाकै हातमा' नारा अघि सारेको सो वडाले वडाले ३० असक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराउँदै आएको छ।

Hardik ivf

अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु अर्थिक वर्ष २०७९/८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताए। पचास प्रतिशत काम सम्पन्न भएको, ३० प्रतिशत काम सञ्चालन र २० प्रतिशत सम्झौता हुन बाँकी रहेको उनको भनाइ थियो। 

वडाले अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत ‘विपन्नलाई बीमा, छैन कुनै सीमा’ नाराअन्तर्गत १०० विपन्न परिवारको स्वास्थ बीमा गरेको छ। त्यस्तै ‘किसानको आधार, वडाको भर' अन्तर्गत आठ सय किसानलाई बीउबिजन वितरण गरेको छ।

वडाले बाली विज्ञानमा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र एक विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको जनाएको छ। वडाले स्मार्ट विद्यालय कार्यक्रमअन्तर्गत चार सामुदायिक विद्यालयलाई हाजिर मेसिनसमेत वितरण गरेको छ। 

उक्त वडाले नगरबाट विनियोजित रु १० लाखको मर्मतकार्य सम्पन्न गरेको छ भने प्रदेश सरकारको रु एक करोडको लागतमा सामुदायिक भवन निर्माण कार्य हाल जारी छ। यस्तै वडाका ३४ स्थानमा सडक बत्ती जडान गरिएको वडाध्यक्ष न्यौपाने जानकारी दिए।

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्