Kathmandu Press

प्रिन्स विश्व वरियताको चौधौं स्थानमा

काठमाडौं, पुस २२ : विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४औँ स्थानमा पुगेका छन्....

प्रिन्स विश्व वरियताको चौधौं स्थानमा

काठमाडौं, पुस २२ : विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४औँ स्थानमा पुगेका छन्।

जुनियरतर्फको विश्व वरियतामा १८औँ स्थानमा सुधार गर्दै प्रिन्स १४औँ स्थानमा पुगेका हुन। प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो। यसअघि उनी विश्व वरियताको ३२औँ स्थानमा थिए।

लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्सले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेसनल सिरिजमा उपाधि जितेका थिए। उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए।

जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन्। 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, पुस २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्