Kathmandu Press

नेपाल क्रिकेट संघले गरेका यस्ता छन् तीन निर्णय

काठमाडौं, पुस २२ : नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले विभिन्न विषयलाई समेटेर तीन निर्णय गरेको छ।

क्यानको बोर्ड बैठकले जिल्ला र प्रदेशल....

नेपाल क्रिकेट संघले गरेका यस्ता छन् तीन निर्णय

काठमाडौं, पुस २२ : नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले विभिन्न विषयलाई समेटेर तीन निर्णय गरेको छ।

क्यानको बोर्ड बैठकले जिल्ला र प्रदेशलाई सहयोग गर्ने, पोखरामा बन्द प्रशिक्षण सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ। आइतबार बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गरिएको छ।

क्यानका अनुसार, कार्यालय स्थापना गर्न प्रत्येक जिल्लालाई एक–एक लाख र प्रदेशलाई तीन–तीन लाख रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पुरुष विश्वकप लिग–२ अन्तर्गत नेपालले आयोजना गर्न र खेल्न लागेको पहिलो शृंखलाका लागि टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि सुरू गर्ने भएको छ। बन्द प्रशिक्षण पोखरा क्रिकेट मैदानमा हुने जनाएको छ।

यो श्रृंखलामा अमेरिका र ओमान पनि सहभागी हुनेछन्। यसको अभ्यासका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानलाई तयार पार्ने काम भइरहेको जनाएको छ। दुवै मैदान र पिच निर्माणको लागि आईसीसीका क्युरेटर बन्दुला वर्नपुरा खटिएका छन्।

क्यानका अनुसार, दैनिक कार्य सम्पादन सहज बनाउनका लागि पाँच सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ। समितिमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रिय सदस्य अमितवीर पाण्डे रहेका छन्।

यसैगरि, बैठकमा आईसीसीका प्रतिनिधिसँग यसअघि भएको छलफलबारे बोर्डलाई जानकारी गराइएको छ। यससँगै त्रिकोणात्मक शृंखलाबारे पनि छलफल भएको क्यानले जनाएको छ।

प्रकाशित मिति: ११:१५ बजे, मंगलबार, पुस २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्