Kathmandu Press

मुगुमा चार महिनापछि बाढी पीडितलाई राहत

टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई चामल, दाल, नुन, लत्ताकपडालगायत सामग्री वितरण गरिएको महिला अधिकार केन्द्रकी अध्यक्ष सुकमाया शाहीले बताए।
मुगुमा चार महिनापछि बाढी पीडितलाई राहत

मुगु, माघ २१ : मुगुमा गत असोज तेस्रो साता परेको वर्षाका कारण आएको बाढीपहिरोबाट पीडितले राहत पाएका छन् । बाढीपहिरामा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका–८ का पीडितले आज राहत पाएका हुन्।

टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई चामल, दाल, नुन, लत्ताकपडालगायत सामग्री वितरण गरिएको महिला अधिकार केन्द्रकी अध्यक्ष सुकमाया शाहीले बताए।

माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका पीडित खुसी भएका स्थानीय लोकबहादुर विष्टले बताए। स्थानीय रमिला रावलले पीडितका लागि सरकारले घर निर्माण गरिदिनुपर्ने  बताइन्।

सरकारले मुगुलगायत कर्णालीलाई सङ्कटग्रस्त घोषणा गरी पुनःनिर्माणका लागि पीडित परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको वडा नं ८ का वडाध्यक्ष कर्णबहादुर रावलले बताए।

वर्षासँगै आएको बाढीपहिराले यहाँका चारवटै पालिकामा करोडौंको क्षति पु¥याउनुका साथै आठजनाको ज्यान समेत गएको थियो । घरजग्गा गुमाएका परिवार अहिले पनि खुला चौरमा पाल टाँगेर बस्दै आएका छन्।

प्रकाशित मिति: ०७:१९ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्