Kathmandu Press

भालुको आक्रमणबाट वीरगञ्जमा दुई जना घाइते

भालुको आक्रमणबाट वीरगञ्जमा दुई जना घाइते

वीरगञ्ज, माघ २० : भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।

ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती हुन् ।

Hardik ivf

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको प्रहरीको भनाइ छ ।

जंगल क्षेत्रबाट निस्किएका तीन वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।

घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

प्रकाशित मिति: २०:४२ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्