Kathmandu Press

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडाैं, माघ २० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन।

उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिए। उनले कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय गरेको उल्लेख गरे।

Hardik ivf

'कोरोना भाइरस जस्तो विपद्को घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछौँ,' उनले भने। उनले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको उल्लेख गर्दै यस्तो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री गिरीले आगामी दिनमा नेपालको सङ्घीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना कार्यान्वयन गर्नका लागि आर्थिक एवं प्राविधिक सहायता निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे।

राजदूत पोलिटले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए। उनले भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठान भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। राजदूत पोलिटले सन् २०२६ सम्ममा नेपाल विकसित देशका रूपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँनयाँ कार्यक्रम ल्याउने जानकारी दिए।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्