अनमोल मेडिकल सेन्टरमा मलेसियाका गृहमन्त्रीको अनुगमन
नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलसहतिको टोलीले शुक्रबार अनमोल मेडिकल सेन्टरको अनुगमन गरेको हो।
काठमाडाैं, माघ २० : मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको सिनामंगलस्थित अनमोल मेडिकल सेन्टर केन्द्रको मलेसियाका गृहमन्त्रीसहितको टोलीले अनुगमन गरेको छ।
नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलसहतिको टोलीले शुक्रबार अनमोल मेडिकल सेन्टरको अनुगमन गरेको हो।
मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण अनमोल मेडिकल सेन्टरसहित ३६ वटा स्वास्थ्य संस्थाले गरिरहेका छन्। यी सबैसंस्था मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणालीसँग जोडिएका छन्।
![]()
मलेसियामा पुगेपछि मेडिकल अनफिट हुनेको संख्या बढेको भन्दै मलेसियाले स्वास्थ्य मापदण्ड बनाई २०१४ देखि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै आएको छ। स्वास्थ्य परीक्षण पास भएको रिपोर्टलाई सिधै मलेसियाको गृह मन्त्रालयले अपलोड गरेपछि मात्रै भिसा जारी हुने प्रावधान छ।
मलेसियाका गृहमन्त्रीलाई स्वागत गर्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलास खड्काले गृहमन्त्री इजमाइललाई अनमोल सेन्टरमा स्वागत गर्दै कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न मलेसियाको स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेको बताए।
सो अवसरमा गृहमन्त्री इजमाइलले गुणस्तरीय स्वास्थ्य परीक्षणमा आफ्नो मन्त्रालयलले जोड दिएको बताए। गृह मन्त्रालयले आवश्यकका अनुसार स्वास्थ्य परीक्षण केन्द्रको अनुगमन गर्न टोली पठाउने पनि उनको भनाइ थियो।












