Kathmandu Press

चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन डा. केसीको आग्रह

चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन डा. केसीको आग्रह

काठमाडौं, माघ २० : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार संघको निर्वाचन अन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेशागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन् ।

Hardik ivf

संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनले बताए । डा केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राखे। चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ।  

उपत्यकामा संघको नयाँ कार्यसमितिका लागि शनिबारसम्म निर्वाचन हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो । संघको बिभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् । 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्