Kathmandu Press

ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा

कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको  हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो।
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा

काठमाडाैं, माघ २० : कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ।

कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको  हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो। 

Hardik ivf

कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि कोषले सिलबन्दी आह्वान गरेको छ। कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ।

कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा रू एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ।

पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लागेको जनाएको छ।

यसअघि असारमा पनि सञ्चय कोषले लिलाम बिक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो। हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि बिक्री भने हुन सकेको थिएन।

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्