Kathmandu Press

निफको जुरीमा प्रियङ्का र इन्द्रलाल

निफको जुरीमा प्रियङ्का र इन्द्रलाल

काठमाडौं, माघ २० : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन् । 

निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित हुनुभएको जानकारी दिए। अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गरेका छन् भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुन् । 

Hardik ivf

आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन् । 

यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया)समेत आयोजना गरिने छ । 

“नेपाल र विदेशी निर्माताबीच यस्तो महोत्सवले सद्भाव बढाउनेछ”, अध्यक्ष पाठकले भने। 

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्