Kathmandu Press

खेल सकिएपछि मैदानमै मनाङ र मच्छिन्द्रका खेलाडीबीच घम्साघम्सी

काठमाडौं, पुस २१ : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जारी छ। खेलमा दर्शकको उपस्थिति न्यून छ।

दर्शकको अभावमा रुमलिरहेको लिगमा सोमबार उ....

खेल सकिएपछि मैदानमै मनाङ र मच्छिन्द्रका खेलाडीबीच घम्साघम्सी

काठमाडौं, पुस २१ : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जारी छ। खेलमा दर्शकको उपस्थिति न्यून छ।

दर्शकको अभावमा रुमलिरहेको लिगमा सोमबार उपाधि होडमा सर्वाधिक बलियो मानिएको मनाङ र मच्छिन्द्रबीचको बहुप्रतिक्षित खेलमा हेर्न अन्य दिनको तुलनामा अलिक बढी दर्शकको उपस्थिति थियो।

पहिलो हाफको सुरुवातमा नै मनाङले विदेशी खेलाडी फेमी जोसुवाको गोलमार्फत अग्रता लियो। त्यसपछि मनाङ रक्षात्मक बन्यो। मनाङ रक्षात्मक खेलेपछि पहिलो हाफ औसत रह्यो। दुवै टिमको समन्वय अभाव मैदानमा स्पष्ट थियो।

तर दोस्रो हाफको सुरुवातमा नै मच्छिन्द्रले अग्रता बनायो। त्यसपछि दुवै  टिमका खेलाडी आक्रामक बने। मच्छिन्द्रले खेलमा २–१ को अग्रता बनाएपछि अन्तिममा मनाङका लागि विमल रानाले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समय सकिएको ह्वीसल रेफ्री श्रवन कुमार तामाङले बजाउन साथ मैदानमा जे भयो त्यो खेलभावना विपरीत थियो।

मनाङको लाइनअपमा असन्तुष्ट रहेका जगजित श्रेष्ठ वैकल्पिक खेलाडीका रुपमा मैदानमा छिरे। उनी मैदानमा छिर्ना साथ ट्याकल र अस्वभाविक रुपमा आक्रामक देखिएका थिए। उनै जगजितले खेल सकिएपछि मच्छिन्द्रका दिपक राईलाई धकेले। दुई पटक ठेलेपछि दिपक केही आक्रामक भए। दुवैलाई खेलाडीहरुले भिड्नबाट जोगाउँदै थिए।

यस्तोमा दुवै टिमका अफिसियल र बेन्चमा बसेका खेलाडीपनि मैदानतर्फ दौडिए। त्यहीबेला मनाङको बेन्चमा रहेका अशोक बराल दौडिएर आफ्नो रवाफ मच्छिन्द्रका डिफेन्डर देवेन्द्र तामाङमाथि आक्रमण गरे। खेलाडीलाई छुट्याइरहेका देवेन्द्रलाई अशोकले पन्च हिर्काए। त्यसपछि मैदान केहीबेर तनावग्रस्त बन्यो।

देवेन्द्रलाई मैदानबाट चेन्जिङ रुमसम्म ल्याउन खेल पदाधिकारी र सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। खेलाडी र पदाधिकारीहरु नै मैदानमा निकै उत्तेजित बन्दा दुई स्टार क्लबकोे खेल छायाँमा परेको थियो।

दुवै टिमका खेलाडी एकापसमा भिडेको विषयमा मनाङका प्रशिक्षक धानेश्वर प्रजापति निकै गैरजिम्मेवार रुपमा प्रस्तुत भए। म्याच कन्फेरेन्समा  उनी खेलाडीको गतिविधिबारे आफू बेखवर रहेको बताए। उनले भने,‘म त्यहाँ अफिसियलहरुलाई सम्झाइरहेको थिंएँ। खेलाडीहरुले के गरे मलाई याद भएन।’

उनले खेलमा केही तनाव हुनु स्वभाविक भएको प्रतिक्रिया दिए। प्रजापतिले खेल सकिएपछि खेलाडीले गरेको गल्तीको जिम्मेवारी क्लबले नलिने बताए।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने खेल भावना विपरीत मैदानमा भएको गतिविधि गलत भएको बताए। उनले भने,‘जगजितले खेल सकिएपछि दिपकसँग झगडा गर्न पुग्दा खेल भावना विपरीत गतिविधि हुन पुगेको हो। के भएको हो बुझेर कारवाही गर्नुपर्छ।’
 

प्रकाशित मिति: २१:४८ बजे, सोमबार, पुस २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्