Kathmandu Press

पार्टी र सरकारबीच समन्वय गर्न कार्यबिधि बनाउने राप्रपाकाे निर्णय

पार्टी र सरकारबीच समन्वय गर्न कार्यबिधि बनाउने राप्रपाकाे निर्णय
Hardik ivf

काठमाडाैं, माघ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी र सरकारबीच समन्वय गर्न कार्यबिधि बनाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी र सरकार बीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको विधान बमोजिम पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकले आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: २०:४१ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्