Kathmandu Press

निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली

निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली
Hardik ivf

माेरङ, माघ १९ : लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन। विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे।

अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पारे। सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उनले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्ने बताए।

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्