Kathmandu Press

फागनुदेखी कञ्चनपुरमा औद्योगिक व्यापार मेला

फागनुदेखी कञ्चनपुरमा औद्योगिक व्यापार मेला

कञ्चनपुर, माघ १९ : फागुन १ गतेदेखि कञ्चनपुरमा औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ । 

‘कृषि उत्पादन र स्वरोगार आर्थिक समृद्धिको आधार’ भन्ने नारासाथ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा महेन्द्रनगरस्थित खुुलामञ्चमा १४औँ संस्करणको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो । 

Hardik ivf

सङ्घका अध्यक्ष पिताम्बर जोशीले मेलाले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने बताए। 'मेलामा स्थानीय वस्तु तथा सेवा, पर्यटन, कलाको प्रवद्र्धन गर्ने उद्देश्य छ,' उनले भने, 'लघुउद्यम, अटो प्रदर्शनी, कृषि गार्मेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ ।' मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए । 'हामीले यहाँको स्थानीय उत्पादन र स्थानीय कला साहित्यको प्रवद्र्धनमा जोड दिएका छौँ,' उनले भने, 'यसपटक मेलामा देउडा प्रतियोगिता राखेका छौँ ।'

मेलामा तीन सय कक्ष रहनेछन् । मेलाको प्रति टिकटबाट रु एक छुट्याएर समाजिक काममा लगाउने सङ्घले जनाएको छ । महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवद्र्धन हुनुका साथै छिमेकी मुलुकबाट पनि मेला अवलोकन गर्न आउने अपेक्षा राखिएको उनले बताए।

प्रकाशित मिति: १९:५५ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्