Kathmandu Press

राखेपका सदस्य-सचिव सिलवाल सम्मानित

काठमाडौं, पुस २१ :  नेपाल मास्टर्स एथलिट एसोसिएसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सम्मान गरेको छ।

नेपा....

राखेपका सदस्य-सचिव सिलवाल सम्मानित

काठमाडौं, पुस २१ :  नेपाल मास्टर्स एथलिट एसोसिएसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सम्मान गरेको छ।

नेपालमा मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएवापत सदस्य–सचिव सिलवाललाई सम्मान गरिएको हो। एसोसिएनका अध्यक्ष जीएन दाई शर्माले सदस्य–सचिव सिलवाललाई सोमबार प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन्।

सोही अवसरमा दक्षिण कोरियामा भएको विश्व इन्डोर मास्टर च्याम्पियनसिपको हर्डल्समा छैटौं श्रेणी प्राप्त गरी डिप्लोमा सर्टिफिकेट हासिल गरेका यज्ञलाल श्रेष्ठ तथा एसियन मास्टर एथलिट च्याम्पियनसिपको १ हजार ५ सय मिटर दौडको फाइनलमा आठौं स्थान हासिल गरी डिप्लोमा सर्टिफिकेट प्राप्त गर्न सफल गिर्वाणविक्रम शाहलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो। सदस्य–सचिव सिलवालले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले परिषद्ले विभिन्न उमेरसमूह र विभिन्न खेलको राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दै आएपनि भेट्रान खेलाडीहरुको कुनैपनि प्रतियोगिता नगरेको हुँदा अब केहि खेल मात्र समावेश गराएर भएपनि भेट्रानहरुको प्रतियोगिता सुरुआत गर्ने सोच बनाएको बताए।

उनले आसन्न १४ औं सागमा नेपालले ७५ स्वर्ण, एसियाली खेलकुदमा स्वर्ण र ओलम्पिकमा बढी भन्दा बढी खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने वातावरण निर्माण गर्न जरुरी भएको बताउदै त्यो कार्यमा परिषद् अगाडि बढ्ने बताए । उनले एसोसिएसनले गरेको सम्मानलाई सम्मानका रुपमा नभइ आशिर्वादका रुपमा ग्रहण गर्ने बताए।
 

प्रकाशित मिति: १९:५३ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्