Kathmandu Press

बिहीबारदेखि काठमाडौंमा चिकित्सक संघको मतदान सुरु

मतदान नेपाल प्रज्ञा प्रतिष्ठानमा तीन दिनसम्म हुनेछ। संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो।
बिहीबारदेखि काठमाडौंमा चिकित्सक संघको मतदान सुरु

काठमाडाैं, माघ १९ : नेपाल चिकित्सक संघको निर्वाचनअन्तर्गत बिहीबारदेखि काठमाडौंमा मतदान सुरु भएको छ।

मतदान नेपाल प्रज्ञा प्रतिष्ठानमा तीन दिनसम्म हुनेछ। संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो।

संघको विभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचनमा डा. अनिलविक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह मैदानमा छन् भने डा. शिवजी सिलवालको नेतृत्वमा स्वतन्त्र समूह चुनावमा होमिएको छ।

लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डा अनिलविक्रम कार्कीले चिकित्सा पेशमा लागेदेखि नै यस क्षेत्रको समस्या समाधानका लागि क्रियाशिल रहेकाले जित्ने आधार रहेको बताए।

त्यस्तै पेशागत समावेशी समूहका अध्यक्ष पदमा उम्मेदवारी दिएका डा सन्तोष पौडेलले युवा चिकित्सहरुको एजेण्डलाई प्राथमिकतामा राखिएको बताए। आफूहरुको एजेण्डाहरुले सम्पूर्ण चिकित्सकहरुको ध्यानाकृष्ट भएकाले निर्वाचनमा जित्ने उनले बताए।

नेपाली चिकित्सकहरूको छाता संस्थाको रुपमा २००७ मा २० जना सदस्यबाट स्थापना भएको संघमा हाल १२ हजारभन्दा बढी सदस्य रहेका छन्।

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, माघ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्