देशभर वर्षा र हिमपातको सम्भावना कम
जसको प्रभावले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ। तराईका केही भूभागहरूमा हल्का हुस्सु लागेको छ तर देशभर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
काठमाडौं, माघ १९ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ। तराईका केही भूभागहरूमा हल्का हुस्सु लागेको छ तर देशभर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
भोलि शुक्रबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले सचेत गराएको छ।
प्रकाशित मिति: ०८:३९ बजे, बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार