Kathmandu Press

मलखादको समस्या समाधान गर्ने मन्त्री साहको प्रतिबद्धता

मलखादको समस्या समाधान गर्ने मन्त्री साहको प्रतिबद्धता

वीरगञ्ज, माघ १८ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताएका छन। 

पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

Hardik ivf

किसानलाई समयमै मलखाद्य, बीउबिजन र कृषि उपकरण उपलब्ध गराउन सरकारले ठोस योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री साहले परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनुपर्ने औँल्याए।

किसानलाई मल अभाव हुन नदिन कम्तीमा छ महिनासम्मका लागि माग धान्ने गरी व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले मलखादको अभाव हुन नदिन समयमै मल खरिद प्रक्रिया सुरु गरिने जानकारी दिए।

मन्त्री साहले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरे।

प्रकाशित मिति: २०:३५ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्