Kathmandu Press

त्रिवि चिकित्साशास्त्रका विद्यार्थीद्वारा डीनविरुद्ध सिटी जुलुस

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान र विद्यार्थीहरूबीच गत भदौ ३० मा भएको सहमति पालना हुनुपर्ने भन्दै विद्यार्थीहरूले बुधबार माइतीघरदेखि बानेश्वरसम्म सिटी जुलुस निकालेका हुन्।
त्रिवि चिकित्साशास्त्रका विद्यार्थीद्वारा डीनविरुद्ध सिटी जुलुस

काठमाडौं, माघ १८ : आफूहरूसँग भएको सहमति पालना गर्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन्।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान र विद्यार्थीहरूबीच गत भदौ ३० मा भएको सहमति पालना हुनुपर्ने भन्दै विद्यार्थीहरूले बुधबार माइतीघरदेखि बानेश्वरसम्म सिटी जुलुस निकालेका हुन्।

Hardik ivf

उनीहरुले ‘सहमतिपत्र लागु गर, पीडित विद्यार्थीलाई न्याय दे, विद्यार्थीलाई पढ्न दे’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

भदौ ३० मा चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसले भर्ना हुँदा विद्यार्थीहरूबाट विभिन्न दरमा एकमुस्ट लिएको रकम फिर्ता गर्न डीन कार्यालयबाट पहल गर्नेलगायतको सहमति भएको थियो। त्यसैको पालना गराउन भन्दै विद्यार्थीहरूले सिटी जुलुस निकालेका हुन्। 

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्