Kathmandu Press

देवशिलाको धुमधामसँग गोरखपुरमा पूजाआजा, आजै अयोध्या पुर्‍याइने 

शिला गोरखपुर लैजान जानकी मन्दिरका महन्थ दास र पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको नेतृत्व रहेको प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपाली छन्।
देवशिलाको धुमधामसँग गोरखपुरमा पूजाआजा, आजै अयोध्या पुर्‍याइने 

काठमाडौं, माघ १८ :  भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्न भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिलाको बुधवार भारतको गोरखपुरमा पूजाआजा गरिएको छ। 

शिला पूजामा गोरखनाथ मन्दिरका साधुसन्तलगायत सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो। यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठुलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्‍याइएका थिए।

Hardik ivf

शिला गोरखपुर लैजान जानकी मन्दिरका महन्थ दास र पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको नेतृत्व रहेको प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपाली छन्।

शिला यात्रामा रहेका पत्रकार रामजी दाहालका अनुसार धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित अयोध्या प्रस्थान गरेको शिला मंगलबार राति गोरखपुर पुर्‍याइएको थियो।

dhunda1675248943.jpg

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १६ गते पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसहितका नेपाली देवशिलासहित अयोध्या हिंडेका हुन्। देवशिलासहित अयोध्या पुगेका कांग्रेस नेता निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अतुलनीय योगदान पुगेको बताएका छन्। 

शिला आज अयोध्या पुर्‍याएर विशेष समारोहका बीच काँग्रेसका नेता निधिले मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि भारतका लाखौँ श्रद्धालु बाटोमा निस्केर मध्यरातिसम्म दर्शन तथा अभिनन्दन गरेका थिए। 
 

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्