Kathmandu Press

एक लाख पुरस्कारको फोटो प्रतियोगिताका लागि आवेदन आह्वान

काठमाडौं, पुस २१ : एक लाख पुरस्कार राशीको नेपाल फोटो प्रतियोगिता २०७६ का लागि आवेदन आह्वान गरिएको छ।

फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेक....

एक लाख पुरस्कारको फोटो प्रतियोगिताका लागि आवेदन आह्वान

काठमाडौं, पुस २१ : एक लाख पुरस्कार राशीको नेपाल फोटो प्रतियोगिता २०७६ का लागि आवेदन आह्वान गरिएको छ।

फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ। ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पत्रकार सम्मेलनमा प्रतियोगिता सुरू भएको घोषणा गरे।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन्। व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिनेछैन। खेलकूद विधामा नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराइने जनाएको छ।

प्रतियोगिताका लागि माघ १७ गतेसम्म फोटो पठाउन सकिनेछ। यसका लागि www.pjclub.com.np वा www.npc.photonepal.trevel गएर दिएको निर्देशनअनुसार, फोटो दर्ता गराउन सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्