Kathmandu Press

फेरि आउँदै पश्चिमी वायु, साँझदेखि वर्षा र हिमपात

काठमाडौं, पुस २१ : पश्चिमी वायु फेरि आउन लागेको छ। सोमबार दिउँसो नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीले साँझदेखि वर्षा र हिमपात हुन सक्....

फेरि आउँदै पश्चिमी वायु, साँझदेखि वर्षा र हिमपात

काठमाडौं, पुस २१ : पश्चिमी वायु फेरि आउन लागेको छ। सोमबार दिउँसो नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीले साँझदेखि वर्षा र हिमपात हुन सक्ने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्यून चापीय प्रणाली आज दिउसो नेपाल प्रवेश गर्नेछ। यसले आज साँझदेखि देशभर आंशिक र सामान्य वर्षा हुने जनाएको छ।

त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो प्रणालीले बुधबार देशभर प्रभाव पार्नेछ। बुधबार भने देशका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी र  तराई क्षेत्रमा भने वर्षा गराउनेछ।

यो प्रणाली शुक्रबारसम्म रहने महाशाखाले जनाएको छ। बिहीबार र शुक्रबार भने सामान्य बदली हुनेछ। उच्च हिमाली क्षेत्रमा हिमपात भएपनि पहाडी र तराई क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ।

मौसम सुधार हुने भने अर्को शनिबार नै पर्खनु पर्नेछ। महाशाखाका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारमात्रै सकिनेछ। त्यसपछि मात्रैसममा सुधार हुने महाशाखाले जनाएको छ।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान  

पौष २१  गते, सोमबार
दिउँसो : देशको पश्चिमी र पूर्वी भू-गमा आंशिकदेखि सामान्य बदली रही मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पूर्वका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा, मध्य र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पौष २२ गते मंगलबार

दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने पूर्वि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग, मध्य र पूर्वका पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहिको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पौष २३ गते बुधबार

दिउँसो :  देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी खालको हिमपात हुने सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यमदेखि भारी खालको हिमपात हुने सम्भावना रहेको छ।

 

प्रकाशित मिति: १०:३२ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्