Kathmandu Press

सीतापाइलामा बस र सुमो ठोक्किँदा एक महिलाको मृत्यु

सीतापाइलामा बस र सुमो ठोक्किँदा एक महिलाको मृत्यु

काठमाडौं, माघ १६ : काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ सीतापाइलामा बस र टाटासुमो आपसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी घलेको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएकी बसको सहचालकको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका बसमा सवार तीनजना भने उपचार पश्चात् घर फर्किएका छन्।

कङ्लकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटासुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए। 

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्