Kathmandu Press

पन्ध्र करोड ५१ लाख राजश्व छली : छ जना विरुद्ध मुद्दा

काठमाडौं, पुस २१ : राजश्व अनुसन्धान विभागले  १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ  जिल्ला अदालतमा मुद्द....

पन्ध्र करोड ५१ लाख राजश्व छली : छ जना विरुद्ध मुद्दा

काठमाडौं, पुस २१ : राजश्व अनुसन्धान विभागले  १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ  जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो । आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोप छ ।

उनीहरुविरुद्ध १५ करोड ५१ लाख बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताए । अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी  १२ करोड ८७ लाख बिगो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साहसहित दुई जनाले रु दुई करोड ६४ लाख बिगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ । 

प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्