Kathmandu Press

सातदोबाटोमा ट्याक्सी र कार ठोक्किँदा २ जनाको मृत्यु 

सातदोबाटोमा ट्याक्सी र कार ठोक्किँदा २ जनाको मृत्यु 

ललितपुर, माघ १६ : ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। 

कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ४ च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बिएण्डबी अस्तापलमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्