Kathmandu Press

महाधिवेशनको तयारीका लागि अनेरास्ववियुकाे जनपरिचालन कमिटी गठन

महाधिवेशनको तयारीका लागि अनेरास्ववियुकाे जनपरिचालन कमिटी गठन

काठमाडौं, माघ १६ : नेकपा (एमाले)को भातृसङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आशन्न २३औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि एक हजार एक सय ११ सदस्यीय परिचालन कमिटी गठन गरेको छ ।

सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालको अध्यक्षता आज काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन गरेको हो।

Hardik ivf

समितिमा केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यकाका तीनवटै जिल्ला कमिटी र उपत्यकाका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस कमिटीका अध्यक्ष छन्।

सङ्गठनले मुलुकका सबै क्याम्पस, जिल्लाका मुख्य सहर र प्रदेश राजधानीमा ब्यानरसहित प्रचारका लागि विशेष सर्कुलर जारी गरेको अनेरास्ववियुका प्रचार विभागका सचिव नवराज ढकालले जानकारी दिएका दिए। 

प्रचार विभाग प्रमुख नरेश रोकायाका अनुसार एक हजार सात सय प्रतिनिधिको उपस्तिथिमा अनेरास्ववियुको महाधिवेशन आउँदो फागुन २ मा काठमाडौँमा हुनेछ। 

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्