Kathmandu Press

यूटीएलले अझै बुझाएन पाँच अर्ब ३० करोड बक्यौता, भुक्तानीका लागि माघ मसान्तसम्मको समय 

यूटीएलले अझै बुझाएन पाँच अर्ब ३० करोड बक्यौता, भुक्तानीका लागि माघ मसान्तसम्मको समय 

काठमाडौं, माघ १६ : नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (युटीएल) वक्यौता वापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न युटीएललाई निर्देशन दिएको हो ।

युटीएलले प्राधिकरणलाई रू पाँच अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ भुक्तानी गर्न बाँकी छ । कम्पनीलाई विसं २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरिएको थियो । त्यसपछि प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम भुक्तानी गरेको छैन । 

Hardik ivf

लामो समयसम्म तोकिएको रकम भुक्तानी नगरेपछि प्राधिकरणले माघ मसान्तसम्मको समय तोकेर भुक्तानी गर्न निर्देशन गरेको हो । माघ मसान्तभित्र वक्यौता रकम नतिरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

लाइसेन्स खारेज
    
नेपाल दूरसञ्चार प्राधिकरणले केसीएन नेट प्रालिको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै केसीएन नेट प्रालि काठमाडौँ महानगरपालिका–६ बौद्धलाई दिइएको लाइसेन्स खारेज गरिएको जनाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (ई-मेलसहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था केसीएन नेटले नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकाले स्वतः खारेज भएको जनाएको छ । उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

साथै इन्टरनेट (ई–मेलसहित) सेवा सञ्चालन गरे वापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नु समेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ। 

प्रकाशित मिति: १३:११ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्