Kathmandu Press

चिनियाँ नागरिकलाई जनही एक हजार जरिवाना

काठमाडौं, पुस २१ : नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा आज जनही  एक हजार जरिवानाको फ....

चिनियाँ नागरिकलाई जनही एक हजार जरिवाना

काठमाडौं, पुस २१ : नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा आज जनही  एक हजार जरिवानाको फैसला भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उक्त फैसला सुनाएको हो । “उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो ।” प्रजिअ दाहालले भने । अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।  

जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभागमा बुझाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। पर्यटक भिसामा आएर उनीहरुले अवैध रुपमा सङ्गठित काम गरेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको उनले बताए । प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । आवश्यक अनुसन्धानपछि उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालमया मुद्दा चलाइएको थियो । 

प्रकाशित मिति: ०६:५७ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्