Kathmandu Press

छोरी जन्माउनेलाई नगदसहित सम्मान

आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो।
छोरी जन्माउनेलाई नगदसहित सम्मान

सिन्धुपाल्चोक, माघ १५ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो।

Hardik ivf

विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप रु तीन हजारसहित सम्मान गरिनेछ। 

छोरीलाई पनि छोरासरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले बताए।

उनले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझै पनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्