Kathmandu Press

डोजर आतंक चलाएको भन्दै काठमाडौं महानगरविरूद्ध प्रदर्शन

काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीको नेतृत्वमा माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका हुन्।
डोजर आतंक चलाएको भन्दै काठमाडौं महानगरविरूद्ध प्रदर्शन

काठमाडौं, माघ १५ : काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै त्यसविरूद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। 

काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीको अगुवाइमा माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाउन बन्द गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनका सहभागीले ‘डोजर आतंक बन्द गर’, ‘महानगर प्रहरीको गुण्डागर्दी मुर्दावाद’, ‘महानगरपालिकाको ज्यादती बन्द गर’, ‘सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, माघ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्